अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

आज विश्व बसाइँसराइ चरा दिवस मनाइँदै

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ३:१८ मा प्रकाशित

आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व आप्रवासी अर्थात् बसाइँसराइ चरा दिवस मनाइँदै छ। ‘चराहरूको सुरक्षा गरौँः प्लास्टिकजन्य प्रदूषणको समाधान गरौं’ भन्ने मूलनाराका साथ विश्वभर यो दिवस मनाउन लागिएको हो। केही वर्षयता नेपालमा पनि विभिन्न कार्यक्रम गरी बसाइँसराइ चरा दिवस मनाउने गरिएको छ।

चराहरु उड्ने भएकाले अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउनेजाने गर्दछन्। बसाइँसराइ गर्ने चराहरुको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा अन्तरदेशीय साझेदारी स्थापना गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे ११ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू