अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

पपुलिष्ट बजेट ल्याउने अर्थमन्त्री खतिवडाको को तयारी

बिआरटीनेपाल २०७६ वैशाख २५ गते ९:३१ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले राजनीतिक प्रतिवद्धता पुरा हुने गरी पपुलिष्ट बजेट ल्याउने बताउनुभएको छ । श्रोत र साधनले पुगेसम्म राजनीतिक लोकप्रियतावाद र आर्थिक यथार्थवादको सन्तुलन मिलाएर वजेट ल्याउने स्पष्ट पार्नुभयो ।

संसद्को अर्थ समितिले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेट अर्थ–राजनीतिक दस्तावेज भएकोले स्रोत र साधनले भ्याएसम्म राजनीतिक प्रतिवद्धता पुरा गर्ने गरी बजेट ल्याउने तयारी भएको बताउनुभयो ।

बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट अर्थ राजनीतिलाई मिलाएर तथा देशको सर्वपरी हितलाई हेरेर बजेट बनाउनु पर्नेमा जोड दिनुभयो । बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश र स्थानीय तहबीच स्रोत व्यवस्थापनका ठूलो अन्तर हुँदा समस्या सिर्जना भएको बताउनुभयो । पूर्व अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले विज्ञ अर्थमन्त्रीको ध्यान देशको सन्तुलित विकासमा जानु पर्ने सुझाव दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले सरकारले परियोजना बैंक संचालनमा ल्याएपनि परियोजना भने दर्ता नभएको बताउनुभयो ।

यसअघि, अर्थ समितिले उपसमिति बनाएर २०७६ वैशाख पहिलो सातादेखि सातै प्रदेशका विभिन्न १० स्थानमा पूर्व बजेट सम्बन्धि कार्यक्रम आयोजना गरेर सुझाव संकलन गरेको थियो । अर्थ समितिको चैत २५ गतेको निर्णयले दुई वटा उपसमिति बनाएर पूर्व बजेट छलफल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू