अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत सार्वजनिक, पहिलो दिनमै एक लाख भ्यूज

बिआरटीनेपाल २०७६ वैशाख २२ गते ९:०० मा प्रकाशित

काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरू समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् ।

सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युबमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौँ सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरूले अत्यधिक मन पराउने विश्वास लिएका छन् ।

यसै गरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरूको माया पाउने आशा गरेकी छिन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाङ्कन रहेको गीतमा अहिलेका चर्चित सङ्गीतकार आशिष् अविरलले सङ्गीत संयोजन गरेका छन् ।

प्रतिक्रिया