अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

अमेरिकामा निर्मित नेपाली चलचित्र संयोगको प्रेमियर सो सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १६:५३ मा प्रकाशित

आज अप्रिल २७, २०१९ शनिवारका दिन न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर सो भव्यताकासाथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत श्री पुष्पराज भट्टराईले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो । अमेरिकी बसाई बेफुर्सदिलो हुँदाहुँदै पनि विशाल हल नभएको कारणले दुई सो देखाउन बाध्य हुनुपरेको थियो । 

हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषा साहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्ट्याएर यहाँ उपस्थित भई दिनु भएकोमा उपस्थित सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार श्री गीता खत्रीले सबै कलाकार मित्रहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो । उक्त अवसरमा सबै कलाकारहरूलाई प्रशंसापत्र दिइएको थियो । 

महाबाणिज्यदूत श्री पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठुलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस् भन्दै शुभकामना दिनु भयो ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरू न्यु योर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई आफ्नो सिप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो । साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सुख संवृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संयोगबाट लिइएको छ भने यसका निर्देशक श्री ओम कर्माचार्य हुनुहुन्छ । 

प्रतिक्रिया