अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

टेक्ससको राजधानी अस्टिनमा नेपाली वनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

रविन पिया २०७६ वैशाख ३ गते ११:५८ मा प्रकाशित

अस्टिन, नव वर्ष विक्रम सम्बत २०७६ सालको उपलक्ष्यमा ग्रेटर अस्टिन नेपाली सोसाइटीले आयोजना गरेको “वनभोज तथा खेलकुद कार्यक्रम “ वृहतरूपमा सम्पन्न गरिएको छ । 

अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा दैनिक १५० जनाको संख्याले यहाँ बसोबास तथा बसाइसराइ गर्दछन् त्यस मध्य नेपालीहरू पर्दछन् । हिजोको वनभोजमा नयाँ अनुहारका नेपाली दाजुभाइ दिदी बहिनीहरूको बाक्लो उपस्थिति देखिएको थियो । कार्यक्रममा फुटबल(सकर) भलिबल, म्याराथन खेल प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनुका साथै खेलमा शान्त अनुशासन रूपमा खेल्ने टिमलाई र उत्कृष्ट खेलाडीलाई अतिथि एनआरएनका उपाध्यक्ष सुनिल शाहबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा अमेरिकामा पहिलो पटक स्थापना भएको “नेपाली युथ काउन्सिल” को शुभारम्भ भएको संयोजक प्रिसा प्रधानले जानकारी गराइएको थियो । नेपाली बालबालिका र युवाहरूको लागि स्वास्थ्य ,शिक्षाका साथै योजनामूलक र जानकारी मूलक कार्यक्रमहरू लिएर आउनेको कुरा काउन्सिलका योजनाकार प्रनव प्रधानले जानकारी गराए । ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, उपाध्यक्ष पुरस्कार प्रधान र वरिष्ठ समाज सेवी हेम पाठकबाट काउन्सिलको सफलताको शुभकामना र मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनका पदाधिकारी र चुनावका आसन्न उमेरवादहरू पनि उपस्थित रहेको थियो । कार्यक्रम सेदार पार्कको ब्रुसी क्रिक्कमा भएको थियो । 

फोटो: रविन पिया