अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

म चाहिँ अस्थाई राजदूत ! तपाइहरू चाहिँ स्थायी राजदूत (फोटो फिचर)

रविन पिया २०७६ असोज २ गते ८:०९ मा प्रकाशित

अस्टिन, टेक्सस । “म चाहिँ नेपालको अमेरिकाको लागि अस्थाई राजदूत हुँ र तपाइहरू चाहिँ स्थायी राजदूत हो ।” अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा नेपालको लागि अमेरिकाको राजदूत डा. अर्जुन कार्कीले गत शनिवार सेप्टेम्बर १४ तारिख, ग्रेटर अस्टिन नेपाली सोसाइटिको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा वहाँले उक्त कुरा भन्नु भएको हो ।

“यहाँ बस्ने सम्पूर्ण नेपालीहरूले हरेक दिन हाम्रो देश नेपालको उपस्थिति जनाई प्रतिनिधि गरिरहनु भएको छ । तपाइहरूले मैले भन्दा धेरै काम गर्न सक्नु हुन्छ “ भन्नु भयो ।

“संसारको सबैभन्दा शक्तिशाली देशमा एउटा सानो देशको सरकारको आधिकारिक, तोकिएको खास जिम्मेवारी लिएर आएको एउटा सानो देशको सानो कार्यालय, सानो जन जनशक्ति र सानो आर्थिक बजेट लिएर आएको एउटा तोकिएको व्यक्ति मात्र हुँ” भनेर वहाँले सोही अन्तरक्रिया कार्यक्रममा बताउनुभयो ।

महामहिम राजदूत डा. अर्जुन कार्कीको उपस्थितिमा सञ्चालित एमआरपि पासपोर्ट, पासपोर्ट नवीकरण, वारेसनामा, ट्राभल्स डकुमेन्टको समेत सेवा प्रदान गरिएको थियो ।

अस्टिनका वरिपरि सहर सहित डालस, ह्युस्टन, सानआन्टोनियो सहरमा बसोबास गरिरहेका नेपालीहरूले उक्त शिविरबाट सेवा प्राप्त गरेको थियो ।

ग्रेटर असिटन नेपाली सोसाइटी र नेपाली राजदूतावास वासिङ्टन डी.सी.को संयुक्त आयोजनामा सञ्चालित शिविरमा तीन सय भन्दा नेपालीहरूले सेवा प्राप्त गरेको ग्यान्सका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।

कार्यक्रममा उपस्थित भई धैर्यता पूर्वक सेवा प्राप्त गर्नुहुने सम्पूर्ण नेपालीहरूलाई संस्थाका अध्यक्ष भोज राज भट्टले धेरै धेरै धन्यवाद ज्ञापन व्यक्तका साथै वासिङ्टन डिसीदेखि अस्टिनसम्म आउनु भई धैर्य र सहनशीलता पूर्वक सेवा प्रदान गरिदिनु हुने महामहिम राजदूत डा. अर्जुन कार्की लगायत वहाँका टिमलाई समेत धेरै धन्यवादका साथै कृतज्ञता व्यक्त गर्नु भएको छ ।

त्यसै गरी महामहिम राजदूत डा. अर्जुन कार्कीले पनि ग्रेटर अस्टिन नेपाली सोसाइटिका सम्पूर्ण पदाधिकारी लगायत उपस्थित सम्पूर्ण सहयोगी नेपालीहरूलाई अस्टिनसम्म आएर हामीलाई सेवा गर्ने मौका दिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

राम कुमार महत्त्वद्वारा सञ्चालित अन्तरक्रिया कार्यक्रममा समाजसेवी हेम पाठक, डा.कमल अधिकारी, शेखर यादव , एनआरएनका उपाध्यक्ष अर्जुन बन्जाडे लागाएत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

फोटो: रविन पिया