अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा विश्वव्यापी समस्या

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:४७ मा प्रकाशित

फेसबुक इन्स्टाग्राम र ह्वाट्सएममा विश्वभर समस्या आएको छ । फेसबुक र फोटो शेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्रामको न्युज फिडमा समस्या देखिएको हो । त्यस्तै ह्वाट्सएपमा म्यासेस पठाउनमा समस्या भएको छ ।

फेसबुकमा समस्या देखिएपछि विश्वभरबाट युजरहरूले गुनासो गरेका छन् । ट्राफिक मोनिटरिङ वेबसाइट डाउन डिडेक्टरका अनुसार बिहान ६ः२८ इडिटीमा फेसबुक डाउन भएको हो ।
फेसबुकमा यसअघि पनि यस्तै समस्या देखिएको थियो । लगातार आठ घण्टाको प्रयासपछि फेसबुकले उक्त समस्या समाधान गरेको थियो । उक्त घटनाको एक महिना नबित्दै फेरि यस्तै समस्या देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू