अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

चलचित्र जात्रै जात्राको पहिलो गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत ४ गते २१:४७ मा प्रकाशित

चलचित्र जात्रै जात्राको पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमा चलचित्रका मुख्य पात्र विपिन कार्की र वर्षा राउतसँगै पनि नृत्य रहेको छ । 

साथमा, अन्य कलाकार दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बानियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको सङ्गीत छ । चलचित्रको छायाङ्कन शिवराम श्रेष्ठले गरेका हुन् । प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बानिया रहेका छन् । २०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो । चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया