अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

समाज सेवामा मुना भण्डारीको निरन्तरता

बिआरटीनेपाल २०७५ चैत ३ गते २१:०४ मा प्रकाशित

ललितपुरमा जन्मिएकी मुना भण्डारी सानै देखी समाज सेवामा रुचि राख्थिन । त्यो सानै देखी सहयोग गर्ने बानी आज सम्म पनि निरन्तर छ । समाज सेवा नै मानव धर्म हो भन्ने जब बोध भयो अनि उनी समाज सेवामा लागी परिन ।

मुना हरेक वर्ष आफ्नो जन्म दिन असहाय र आनाथहरुसंग मनाउ छिन । युवाहरूमा यस्तो सोच आउनु निकै राम्रो सन्देश हो । एक छिन पनि फुर्सदमा नबस्ने मुना जहिले पनि केही न केही गरी रहेकी हुन्छिन् । समाज सेवामा निकै सक्रिय मुना भन्छिन्- “समाजलाई सुगम दिशा तर्फ लगेमा नै देशलाई उन्नतिको बाटोमा लिएर जान सकिन्छ । आजका युवाहरूको एकीकृत आवाज ले नै देशको भोलिको भविष्य निर्धारण गर्छ । देशमा भूकम्प जाँदा होस या कसैलाई अप्ठ्यारो पर्दा होस सदा सहयोगी भावना राख्ने मुना देश र जनताको लागी केही गर्न पाउँदा आफ्नो जीवन सार्थक भएको ठान्छिन् । तामाङ समाजको पहलमा न्यूयोर्कमा नेपाली भाषाको कक्षा सञ्चालनमा पनि मुनाको योगदान त्यतिकै छ । उनी भोलेन्टिएर भएर नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई नेपाली भाषा सिकाउने काममा तल्लीन भएर लागी परेकी छिन । भूकम्प जाँदा मुनाले होम केयरको बच्चाहरूलाई समेत सहयोग गर्न भ्याइन । कोरियोग्राफर तथा मेकप आर्टिस्ट मुना भण्डारी, मेट्रो पोलिटन इन्स्टिच्युटमा कार्यरत छिन । समाज सेवा नै उनको प्रमुख लक्ष्य हो ।

अरूलाई सहयोग गर्दा जति आनन्द र आत्मा सन्तुष्टि अरू केसैमा नमिल्ने उनको ठहर छ। सधैँ परिवर्तनमा विश्वास राख्ने मुना, मान्छेहरू परिवर्तन हुन नचाहेर नै अघि बढ्न नसकेको तर्क राख्छिन् । परिवर्तन हुन चाहनेहरूलाई साथै जीवनमा केही गर्न चाहनेहरूलाई सधैँ सहयोग गर्न तत्पर रहने मुना हामी सबै मिलेर अघि बढ्नु पर्नेमा विश्वास गर्छिन् । अचेल आफ्ना योजनाहरू बनाउन लागी परेकी मुना उनको भावी योजनाहरू पनि सबै समाज सेवामा नै केन्न्द्री त छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू