अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

भारतस्थित नेपाली दूतावासले निकालेको विज्ञप्तिमा केपी ओली पनि ‘राष्ट्रपति’

बिआरटीनेपाल २०७५ फागुन ३० गते २३:२४ मा प्रकाशित

काठमाडौं, भारतका लागि नेपाली राजदूत बनेर नयाँदिल्ली पुगेका राजदूत नीलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाण पेश गरेका छन् । उनले बिहीबार मात्र ओहोदाको प्रमाणपत्र पेश गरे । तर विडम्बना नेपाली कुटनीतिक नियोग वा निकायहरुमा दोहोरिने गल्ति दुतावासले जारी गरेको विज्ञप्तिमा दोहोरिएको छ । अंग्रेजीमा लेखिएको उक्त विज्ञप्तिमा नेपालका दुई राष्ट्रपतिको नाम उल्लेख छ भने प्रधानमन्त्री उल्लेख गरिएको छैन । अथवा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्नेमा राष्ट्रपति केपी शर्मा ओेली लेखिएको छ । 

६ अनुच्छेद रहेको विज्ञप्तिको तेस्रो अनुच्छेदमा दुई राष्ट्रपतिको नाम लेखिएको छ । प्रधानमन्त्री हुनुपर्नेमा राष्ट्रपति लेखेर कुटनीतिक निकायले फेरि एकपटक गम्भीर गल्ति गरेको छ । नयाँदिल्लीबाट जारी विज्ञप्तिले भन्छ, ‘राजदूत आचार्यले राष्ट्रपति कोविन्दलाई राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रपति केपी शर्मा ओली र नेपाली जनताको तर्फबाट उहाँ (भारतीय राष्ट्रपति) को सुस्वास्थ्यको कामना गर्नुभयो र भारतले निरन्तर गरिरहेको प्रगति र समृद्धिप्रति खुसी प्रकट गर्नुभयो ।’

२४ दिनअघि नयाँदिल्ली पुगेका आचार्यले बिहीबार मात्र भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पेश गरेका हुन् । दैनिक नेपालबाट

हेर्नुस् विज्ञप्ति

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू