अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

रामप्रसाद खनालले गरे एनआरएनए अमेरिकाको निर्वाचनमा उम्मेदवारीको घोषणा

बिआरटीनेपाल २०७५ फागुन २७ गते २२:३२ मा प्रकाशित

गीत सङ्गीत, कलाकारिता, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत प्रखर व्यक्तित्व रामप्रसाद खनालले आसन्न एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष समेत रहेका खनाल एनआरएनएमा पहिलो पटक चुनाव लड्दै भए पनि विगतमा नेपाल देखी अमेरिका सम्म दर्जनौँ सामाजिक सङ्घ संस्थाको नेतृत्व गरिसकेका कुशल व्यक्तित्व पनि मानिनुहुन्छ। रेयुकाइ, रेडक्रस, लायन्स देखी विभिन्न सामाजिक सङ्घ संस्थामा नेतृत्व तहमा रही काम गरिसकेका खनाल ती संस्थाहरूका प्रशिक्षक, तालिम प्रमुखको रूपमा पनि काम गरिसक्नु भएको छ ।

यस बाहेक खनालले गीत सङ्गीत, कला, साहित्य र पत्रकारिता क्षेत्रका विभिन्न सङ्घ संस्थामा पनि नेतृत्व तहमा रहेर जिम्मेवारी बहन गरिसक्नु भएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक भएर काम गरिसकेका खनाल तिनै ब्यती हुन जसले नेपालको लोकगीत सङ्गीत, दोहोरी गीतलाई पुनर्जीवन दिनुभएको थियो र सो क्षेत्रको विकासमा खनाल अग्रणी व्यक्तित्व मानिनुहुन्छ । वहाँका शिष्यहरू पनि ती क्षेत्रमा अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुगिसकेका छन् ।

यसका अलावा खनाल नेपाल टेलिभिजनकै बोर्डमा सञ्चालकका रूपमा सरकार द्वारा नियुक्त भई जिम्मेवारी बहन गरेका ब्यती हुनुहुन्छ । वहाँ पत्रकारितामा करिब तीस वर्ष बिताइसकेका र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरूमा संवाददाता देखी सम्पादक सम्म भएर काम गरिसकेका मात्र होइन नेपालमा पत्रकारिताको प्रथम विश्वविद्यालय भनेर मानिने नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक पनि हुनुहुन्छ ।

विगत ११ वर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका खनाल सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मानिनुहुन्छ । विदेशमा रहँदा पनि नेपाल र नेपालीका लागि सधैंब क्रियाशील खनालले यस पटक एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारीको घोषणा गर्दा गज्जबको नारा पनि तय गर्नुभएको छ । वहाँको नारा यस्तो छ:

“योग्य सम्झनु भयो भने भोटदिनुहोला, सम्झिनेछु नासो
योग्य नलागे भोट नदिनु होला, हुने छैन मेरो कुनै गुनासो
न ठुला भाषण, न खोज्छु आसन, न छन् ठुला आश्वासन
एनआरएनए अमेरिकालाई सबल बनाउने मेरो छ मन !”

खनालको उम्मेदवारी घोषणा सँगै एनआरएनए अमेरिकाको निर्वाचन माहौललाई गरम बन्दै गएको देखिएको छ भने विभिन्न अरू पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

खनाल अमेरिका बस्न थाले देखिनै आफू लाई “नेपाल र नेपाली” दुई शब्द भए पुछ भन्दै नेपाली राजनीति बाट पूर्ण रूपमा अलग राख्नुभएको छ । वहाँ सबैसँग मित्रवत व्यवहार गर्नुहुन्छ र विदेशमा बस्दा नेपाली राजनीति गर्नु उपयुक्त छैन भन्नुहुन्छ । सबै सँग सम्पर्कमा रहने खनालले राजनीतिका आधारमा वा राजनीतिक हिसाबले कसैसँग त्यस्तो व्यवहार गर्नुहुन्न बरु हामी नेपाली र नेपाल यत्ति दुई शब्दमा केन्द्रित रह्यौँ भने एक भएर अगाडि बढ्न र एकता कायम गर्न सक्छौँ भन्नुहुन्छ ।

एनआरएनए अमेरिकामा पनि राजनीतिक हिसाबले गुटबन्दी गरेर होइन सबै पक्ष, स्वतन्त्रलाई समेत समेटेर अगाडि बढ्न आफूले पहल गर्ने खनालको दाबी छ । मेरा लागि को काङ्ग्रेस, को कम्युनिस्ट, को रा.प्र.पा वा को मधेसी हुने छैनन् सबै नेपाली हुनेछन् र सबै अट्ने एनआरएनए अमेरिका बनाउन, यसलाई सबल बनाउन मेरो पहल हुने छ खनालको भन्नुहुन्छ ।

खनाल एनआरएनए अमेरिकामा जानुभयो भने संस्थालाई सबल बनाउन उनले अहम भूमिका खेल्न सक्नेकुरामा अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरू विश्वास व्यक्त गर्दछन् । हाल नेपाल मदर डट कमका प्रधान सम्पादक रहेका खनाल अमेरिकामा विभिन्न बिजनेसहरुमा संलग्न हुनुहुन्छ । वहाँको विषयमा थप कुराहरू जान्न मन लागे www.RamPrasadKhanal.com मा जानसक्नुहुन्छ ।

प्रतिक्रिया