अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

अमेरिकामा प्रतिघण्टा २६६ किमीको बेगमा आँधी, कम्तीमा २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २० गते १:१६ मा प्रकाशित

अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन्।

तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। सो क्षेत्रमा ठूलो संख्यामा घरहरु भत्काएको त्यहाँका एक सरकारी अधिकारी शेरिफ जे जोन्सले स्थानीय संचारमाध्यमहरुलाई जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लुएसले सो आँधीलाई तेस्रो लेभलको आँधी भएको उल्लेख गरेको छ।  प्रतिघण्टा २ सय ६६ किलोमिटरको बेगमा आउने आँधीलाई तेस्रो लेभलको खतरनाक आँधीका रुपमा लिने गरिएको छ। जोन्सले आँधीका कारण सो क्षेत्रमा ठूलो संख्यामा भौतिक संरचनाहरु नस्ट भएको बताएका छन्।

आँधीले जर्जिया राज्यमा समेत क्षति पुगेको छ। गएरातिदेखि सुरु भएको आँधी केही समयको फरकमा पटक–पटक आइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू