अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

अलजजिरा टीभी नेटवर्कको कार्यालयमा इजरायली प्रहरीको छापा

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:३६ मा प्रकाशित

इजरायली प्रहरीले जेरुसेलमस्थित अलजजिरा टीभी नेटवर्कको एम्बेस्डर होटेलमा रहेको कार्यालयमा छापा मारेको छ । छापा मार्ने क्रममा अलजजिराको कार्यालयबाट केही उपकरण जफत गरिएको इजरायलका सञ्चारमन्त्रीले जनाएका छन् । सञ्चारमन्त्रीले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो समेत पोस्ट गरेका छन् । त्यसमा अलजजिराको कार्यालयमा इजरायली प्रहरी प्रवेश गर्दै गरेको देखिएको छ ।

देशको राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको दाबी गर्दै इजरायली मन्त्रिपरिषद्को आइतबारको बैठकबाट अलजजिरा टीभी नेटवर्कमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । अलजजिराले भने इजरायल सरकारको उक्त दाबीलाई झुटो भनेको छ । अलजजिराले इजरायली सरकारले चालेको कदमको कानुनी उपचार खोज्ने जनाएको छ । इजरायली सरकारको उक्त कदमको मानवअधिकारवादी तथा प्रेस समूहहरूले आलोचना गरेका छन् । अलजजिरामाथि लगाइएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालत जाने एसोसिएसन फर द सिभिल राइट्स इन इजरायलले जनाएको छ ।

फरेन प्रेस एसोसिएसनले इजरायली सरकारको उक्त कदम प्रेस स्वतन्त्रताका निम्ति खतरा भएको जनाएको छ । उसले निर्णय सच्याउन इजरायल सरकारलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू