अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

रविन्द्र अधिकारीको सम्झनामा “सारङ्गी रेटेर”

समीर बलामी २०७५ फागुन १९ गते ९:३३ मा प्रकाशित

दिवङ्गत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ति नेता तथा माननीय मन्त्री स्वर्गीय रविन्द्र अधिकारीज्यूको सम्झनामा समर्पित पिएन साईलाको स्वरमा “सारङ्गी रेटेर ” बोलको मन छुने शोक गीत सार्वजनिक भएको छ । श्याम सुन्दर पुडासैनीको शब्द रहेको उक्त गीतमा बलामी फिल्म इन्टरटेन्मेन्टको दुष्य सामाग्री रहेको छ ।

गत बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार्थी राजनीति देखी मन्त्री बन्दासम्मको अवधिमा गरेका योगदानको चर्चा गरिएको छ । सामाजिक सञ्जाल युवटुवबाट सार्वजनिक भएको सारङ्गी रेटेर गायीएको उक्त गीतमा गायक पिएन साइलाले नै सारङ्गी बजाएका छन् ।