अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

मुन्द्रेको सामाजिक काम, मृर्गौला पीडितलाई सहयोग भिडियो सहित

बिआरटीनेपाल २०७५ फागुन १७ गते २२:५० मा प्रकाशित

कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षीय आशिष् धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका छन् । जितु नेपालको औपचारिक युट्युब च्यानल जितु कमेडी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन् । जितुको सामाजिक कार्यमा साथ दिँदै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैयाँ तथा गायक तारा प्रकाश लिम्बुको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

शुक्रवार जितुले नेपाल र दीपा श्री निरौलाले उक्त रकम प्रदान गरेको हो । युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए । उनको अवस्था देखेर आफूहरूले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए । आशिषका बुवा हाल वैदेशिक रोजगारीको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् ।

यस अघि जितु नेपाल सहित छक्का पन्जा टिमले एक मृगौला पीडित जय बहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया