अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

एनआरएनए अमेरिकामा नौ हजार सदस्यले मतदान गर्न पाउने

शाहको २५ सय, लम्सालको १४ सय र थापाको पक्षमा १२ सय मत रहेको अनुमान

बिआरटीनेपाल २०७५ फागुन १४ गते २०:३० मा प्रकाशित

शाहको २५ सय, लम्सालको १४ सय र थापाको पक्षमा १२ सय मत रहेको अनुमान

अमेरिका । एनआरएन अमेरिका सदस्यता छानबिन समितिले अबको केही बेरमा आफ्नो काम पुरा गर्दै छ । करिब ८ हजार पाँच सय साधारण सदस्य र करिब ५ सय लाइफ मेम्बर गरी ९ हजार सदस्यले आगामी नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् ।

अहिलेसम्म अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष सुनिल शाह, महासचिव वि आर लामा, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडे, सञ्जय थापा र पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल अध्यक्षको दौडमा देखिएका छन् । यी सबैको उम्मेदवारी अन्तिमसम्म रहने सम्भावना न्यून छ । सुनिल साह, सूर्य लम्साल र सञ्जय थापाको त्रिपक्ष प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

नतिजा आफ्नो पक्षमा आउने सबैले दाबी गरे पनि अहिलेसम्म कसैको स्पष्ट बहुमत पुग्ने देखिँदैन । प्रारम्भिक अनुमान अनुसार अहिलेसम्म सुनिल साहले २५ सय हाराहारीमा सदस्यलाई प्रभावित गर्न सक्ने, सूर्य लम्सालले करिब १४ सय र सञ्जय थापाले करिब १२ सय मत प्रभावित गर्न सक्ने धेरैको अनुमान छ । प्रतिस्पर्धी उम्मेदवार बाहेक अध्यक्ष डाक्टर केशव पौडेलले करिब ११ सय, हरिबोल भण्डारी र गौरी जोशीले ९ सय मतमा प्रभाव पार्न सक्ने अनुमान छ । बाकी नेपाली जनसम्पर्क समिति, राप्रपा नजिक र स्वतन्त्र मतदाताहरू रहेका छन् । 

प्रतिक्रिया