अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

आहा रारा गोल्डकप – दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लब विजयी

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:५७ मा प्रकाशित

पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लबले धरान फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलको ७६ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गरेका थिए । सोही गोल नै निर्णायक गोल बन्न पुग्यो ।

उनले कप्तान मान बहादुर तामाङले बायाँ विङ्गसबाट गरेको क्रसलाई डाइभिङ हेडर गर्दै ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । खेलमा त्रिदेव गुरुङ म्यान अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङदी क्लबले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रुपैयाँ र उपविजेताले ४ लाख १ हजारमा पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू