अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जोगीलाई

बिआरटीनेपाल २०७५ माघ २८ गते २२:३६ मा प्रकाशित

काठमाडौँ । परापूर्व समय देखि देशका विभिन्न क्षेत्रमा लगाइने फेरी प्रथालाई आधार बनाएर निर्माण गरिएको वृत्तचित्र जोगीले गत आइतबार भएको सोसल मिडिया फिल्म अवार्डमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड हात पारेको छ । दयाराम घिमिरे द्धारा निर्देशित यो डकुमेन्ट्रीमा सयौँ वर्ष देखिको फेरी प्रथा लाई निरन्तरता दिने दुई जोगीले घर बाट निस्के देखि कसरी फेरी लगाउँछन् किन लगाउँछन् र फेरी बारे मानिसहरू कस्तो धारणा राख्छन् भन्ने देखाउन खोजिएको छ ।

धरानको विजयपुर र सङ्खुवासभाको चैनपुरमा छायाङ्कन गरिएको जोगी डकुमेन्ट्रीमा ओमलाल जोगी र गिरिलाल जोगी लाई फिचर गरिएको छ । हरि उप्रेती र निर्देशक घिमिरे ले संयुक्त रूपमा यो डकुमेन्ट्री निर्माण गरेका हुन् भने छायाङ्कन रोनिस राउतले गरेका हुन् । सम्पादन निर्देशक घिमिरे आफैले गरेका हुन् ।

बिस्तारै हराउँदै आएको यो परापूर्व कालदेखिको कल्चरलाई बिश्वसामु चिनाउने उदेश्यले डकुमेन्ट्री निर्माण गरिएको निर्देशक घिमिरे बताउँछन् । फेरी प्रथामा राति हरेक घर घुमेर फेरी लगाउने र बिहान सिधा लिने परम्परा छ । यसो गर्नाले घरमा शान्ति छाउने , अशुभ घटना नहुने तथा भूतप्रेत भाग्ने जनविश्वास कायमै छ । 

प्रतिक्रिया