अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 16:43

भ्यालेन्टाइन डेको उपलक्ष्यमा डालासमा कालीप्रसाद बास्कोटा साङ्गीतिक साँझ हुँदै

बिआरटीनेपाल २०७५ माघ २८ गते २०:५८ मा प्रकाशित

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको उपलक्ष्यमा टेक्ससको डालास नजिकैको सहर अर्भिङमा काली प्रसाद बास्कोटाको साङ्गीतिक साँझ यही शनिवार १६ फ्रेब्रुवरिमा हुने भएको छ । काली प्रसाद बास्कोटा नेपाली गीत सङ्गीतका पारखीहरूका लागि निकै चर्चित नाम हो । सानै उमेरबाट साङ्गीतिक यात्राको शुभारम्भ गरेका गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटाको अमेरिकी साङ्केतिक टुरको सिलसिलामा उनी डालास आउने भएका हुन ।

कार्यक्रमको आयोजना सुबी इन्टरटेनमेन्टले गर्दैछ भने यसको सह-आयोजकमा डी एन्ड डी मुभिज छ । उक्त साङ्गीतिक साँझका संयोजक भक्त भण्डारीले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार नेपालका चर्चित गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटाले डालास बासीलाई नचाउने भएका छन् । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको उपलक्ष्यमा यही फ्रेब्रुवरी १६ मा अर्भिङ सहरको फेन्जानी हुक्का लन्जमा हुन लागेको कार्यक्रममा न्यु योर्कका डी जे सूर्यको पनि प्रस्तुति हुनेछ । कार्यक्रममा संयोजक भण्डारीले सहभागिताको लागि सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रमको अर्को आकर्षकको रूपमा नेपाल टेलिभिजनबाट प्रसारित चर्चित हास्य टेली श्रृंखला मेरी बास्सैमा कुनै बेला टुप्पी भान्जा र बैतडी बाजेको भूमिकाले चर्चित भएका हास्य कलाकार राजेश नाथको बेजोड हास्य प्रस्तुति रहने छ । उनले टेलिभिजन यात्रा तितो सत्यबाट गरेका थिए । उनले नेपाल र विदेशमा गरी २०० भन्दा बढी स्टेज सो गर्न सफल भएका छन् ।

साथै उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति हुने भएको छ । कार्यक्रमको सञ्चालन सुर्य थापाले गर्ने भएका छन् । 

प्रतिक्रिया