अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

कुवेतमा लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’

बिआरटीनेपाल २०७५ माघ २६ गते २१:५३ मा प्रकाशित

कुवेतमा एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ । विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् ।

रिपोर्टका अनुसार बेहुली हिँड्दा हिँड्दै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ (स्टुपिड) भनेका थिए । क्यूएट न्यूजको दाबी अनुसार बेहुलाले आफूलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् ।

जजले उनको माग सम्बोधन गरे । ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै त्यही जजले उनीहरुको सम्बन्धविच्छेद पनि गराए ।कुवेतमा बस्ने यो जोडी श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् । यो देशको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू