अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

नेपालले किन्यो विश्व बैंकको थप शेयर

बिआरटीनेपाल २०७५ माघ १० गते ८:५७ मा प्रकाशित

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्रा्ष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ ।

मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय आज सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू