अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – साउदी च्याप्टर गठन

बिआरटीनेपाल २०७५ माघ ६ गते ९:१९ मा प्रकाशित

नेपाली भाषा, कला, संस्कृति र साहित्यको उत्थान, सम्बर्द्वन, र प्रतिभाहरूको सम्मान र पहिचान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा मध्यपूर्वमा अवस्थित विविधताले भरिएको देश साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ ।

१९ जनवरी २०१९ का दिन नेपाली राजदूतवासको प्राङगणमा नियोग उप प्रमुख आनन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा विभिन्न सङ्घ संस्थाहरूको प्रतिनिधि र साहित्यप्रेमीहरूको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो ।

कार्यसमितिको अध्यक्षमा नमराज लामिछाने, उपाध्यक्षमा विमल गौतम, र अनजान पाेख्रेल, महासचिवमा अरुण बेल्बासे “रोज”, सचिवमा सन्तोष लुईटेल “समीप”, कोषाध्यक्षमा जितु खड्का “गाउँले”, सदस्यहरूमा नागेस तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहनु भएको छ भने प्रमुख सल्लाहकारमा आनन्द प्रसाद शर्मा रहनु भएको छ ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि आनन्द प्रसाद शर्मा ज्यूले नेपाली भाषा साहित्य विश्वमा चिनाउन विदेशमा बस्ने नेपालीहरूको ठुलो हात रहेको बताउँदै प्रवासमा रहेको नेपालीहरूले आफ्नो सृजनाबाट पनि आफ्नो पहिचान बनाउन सक्ने र साहित्यमा कलम चलाउनु पर्ने सुझाउँदै फुर्सदको बेला सबैले साहित्य सृजनाहरू कोर्ने र एक अर्काबिच भावनाहरू साटासाट गर्दा साहित्यको रूपमा भावना बुझ्न र साट्न सकिने बताउनु भयो ।

यसै अवसरमा पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पौडेल, नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपसभापति अर्जुन थापा, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा, समाजसेवी एंवम नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष द्वारिकाराज गिरी, सृजना सांस्कृतिक समूहका अध्यक्ष विज्ञान राई, मिथिला संस्कृति समाजका अध्यक्ष जितेन्द्र साह, श्रमिक सेवा समाजका अध्यक्ष रुपक वेबा तामाङ, नेपाली कार्गो फेन्सिका प्रोप्राइटर परशुराम मिश्र, काभ्रे सेवा समाज तथा नेपाली जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेश राज त्रिपाठी, समाजसेवी रुद्र कुमार कार्की, श्रमिक परिवार नेपालका पूर्व अध्यक्ष गङ्गा गोदार, समाज सेवी गोपाल पंगेनि लगाए उपस्थित सबैले शुभकामना तथा खुसी व्यक्त गर्दै साहित्य कहिल्यै बुढो नहुने र यस्काे कुनै रङ्ग, जात, धर्म, राजनीति, क्षेत्र वर्ग केही नहुने हुँदा सबै जना साहित्य अटाउन सकिने बताउनु भयो । साथै सबैले आउने दिनहरूमा नेपाली भाषा, साहित्यको जगेर्ना गर्नको निमित्त सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्वता समेत जाएर गर्नु भएको थियो ।

कार्यक्रममा आनन्द प्रसाद शर्मा, नमराज लामिछाने, विमल गौतम, अरुण बेल्बासे “रोज”, जितु खड्का “गाउँले” र जितेन्द्र शाहले कविता, गजलहरू वाचन गर्नु भएको थियो । भने अमृत कुमार पौडेल र गोपाल पंगेनिले हास्यव्यङ्ग्य अभिनय गर्नु भएको थियो । कार्यक्रमको प्रत्यक्ष लाइभ पिटी अनलाइनका पत्रकार सुन्जित तामाङले गर्नु भएको थियो र अन्तमा विज्ञान राइकाे सुमधुर गीत सँगै कार्यक्रम समाप्त गरिए थियो ।

यसै अवसरमा अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गर्दै जाने र साउदीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको विकासमा अरू थप योगदान पुग्ने विश्वास लिइएको बताउनु भयो ।

दुई चरणमा गरिएको कार्यक्रमको सञ्चालन अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्बासे “रोज” ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू