अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

यस्ता ८ सपना जसले अशुभ संकेत दिन्छ

बिआरटीनेपाल २०७५ माघ ४ गते ८:१३ मा प्रकाशित

स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् । केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ ।  आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले हामीलाई भविष्यमा हुने अशुभ घटनाबारे पहिले नै सचेत गराउँछ ।

१. सपनामा आफूलाई यात्रामा जाँदै गरेको देखे केही नराम्रो हुने सम्भावना बढ्ने गर्छ ।

२. सपनामा शरिरको कुनै अंग काटिएको देखे निकट भविष्यमा तपाईंका कुनै परिवारको मृत्यु हुनसक्छ ।

३. यदि कोही महिलाले सपनामा आफूलाई तालु भएको देखे उनले गरिबीको सामना गर्नुपर्ने हुन्छ ।

४. कुनै व्यापारीले सपनामा आफूलाई टाट पल्टेको देखे चाँडै नै उनको व्यापार चौपट हुनसक्छ ।

५. सपनामा तपाईं पछाडि साँढेले लखेटेको देखे तपाईंले चाँडै नै केही समस्याको सामना गर्नुपर्ने सम्भावना हुन्छ ।

६. जो व्यक्तिले सपनामा कफिन देख्छ, उसको दुर्घटना हुनसक्छ ।

७. जो व्यक्तिले आफूलाई सपनामा निर्वस्त्र देख्छ, उनले अपमान र व्यापारमा हानीलगायतको सामना गर्नुपर्छ ।

८. जसले सपनामा आफूलाई हाँसिरहेको वा नाचिरहेको देख्छ ती व्यक्ति कुनै कानूनी मामलामा फस्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू