अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

प्रधानमन्त्री ओलीका मतदाता भन्छन्, न्याय नपाए काठमाडौँमै अनशन बस्छौं

बिआरटीनेपाल २०७५ माघ २ गते १९:४७ मा प्रकाशित

काठमाडौँ – सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी दिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दा मुआब्जा दिनुको साटो उल्टै मोबाइलबाट ज्यान मार्ने धम्की आएको गुनासो उनीहरुले गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू