अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

शनिवार चौका दाउ हाउस फुल

बिआरटीनेपाल २०७५ पुष २९ गते ९:५५ मा प्रकाशित

काठमाडौँ । मुलुकका सात दर्जन सिनेमा हलमा शुक्रवारबाट रिलिज भएको चलचित्र चौका दाउ शनिवार सबैजसो हलमा हाउस फुल भएको यसका निर्माता मनोज राजभण्डारीले जानकारी गराएका छन् ।

शुक्रवार बिहानको सो निकै खुकुलो भएकोमा दिउँसोको शो बाट यसले राम्रो पिकअप लिएको हो । निर्माता राजभण्डारीले भने,‘ शनिवार मल्टिप्लेक्स र सिँगलगरी सबै थिएटरमा हाउस फुल भयो । माउथ पब्लिसिटी राम्रो भएका कारण आइतबारको व्यापार पनि राम्रो छ र मङ्गलवार माघे सक्रान्ती परेकाले त्यो दिन पनि सबैतिर हाउस फुल हुने हाम्रो विश्वास छ ।

यो फिल्ममा चार चौकाको रूपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौँ चौकाको रूपमा अजश्र ढुङ्गानालाई देख्न पाइन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रूपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशङ्कर रिजाललगायत छन् । निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् ।

सामाजिक कथामा आधारित हास्य प्रधान चलचित्र ‘चौक दाउ’ का परिकल्पनाकार एवम् कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएको छ । फिल्म हेरेका दर्शकले पुरा मनोरञ्जन लिएको प्रतिक्रिया आफूहरूले पाएको उनले बताए । शनिवारको व्यापारले आफूहरू उत्साहित भएको पनि उनले जानकारी गराए ।

सौर्य जीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौँमा केबी फिल्मस र मोफसलमा एफडीले वितरण गरेको हो ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजीको नृत्य निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । 

प्रतिक्रिया