अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 05:46

धिमाल विद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल

बिआरटीनेपाल २०७५ पुष २८ गते १०:५५ मा प्रकाशित

धिमाल विद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल २०१९ को शनिवार अडिसन भएको छ । उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल युवतीको सहभागिता जनाएका थिए । अडिसन राउण्डको निर्णायकमा टेलिभिजन प्रस्तोता तृष्णा रेग्मी, मोडल प्रमिशा बज्राचार्य, सविता धिमाल र एकराज भण्डारी रहनुभएको छ ।

अडिसन राउण्डबाट २५ जना युवतीलाई फाइनल राउण्डका लागि छनोट गरिने धिमाल विद्यार्थी मञ्चका अध्यक्ष सुनिल धिमालले जानकारी दिनुभयो । फाइनल प्रतिपर्धामा रहेका २५ जना धिमाल युवतीलाई नेतृत्व क्षमता विकाश, फोटो सुट, धिमाल इतिहासका विषयमा अवलोकन, आरजे भिजे तालिम लगायतको प्रशिक्षणपछि फागुन ७ गते हुने फाइनल प्रतिस्पर्धाबाट मिस धिमाल घोषणा गरिनेछ ।

मिस धिमालको विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । सन् २०११ मा भएको पहिलो मिस धिमाल पछि अर्को संस्करण हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू