अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

बिआरटीनेपाल २०७५ पुष २४ गते १९:३० मा प्रकाशित

काठमाडौँ – सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू