अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया

बिआरटीनेपाल २०७५ पुष २४ गते १९:२४ मा प्रकाशित

काठमाडौँ – सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छिन् । छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ । अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू