अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

अमेरिकाको म्यान्चेस्टर सिटीको सल्लाहकारमा नेपाली मुलका माधब गुरुङ मनोनीत

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:४२ मा प्रकाशित

अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ नियुक्त हुनुभएको छ । सिर्टीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङले सल्लाहकारमा नियुक्ति पाउनुभएको हो । । उहाँले नगरको प्रशासकीय अधिकृत सिटी क्लार्कबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत गर्नुभएको छ ।

नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह दिनुहुनेछ । उहाँको पदावधी १ जनवरी २०२२ सम्म रहनेछ । युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागूऔषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । इलाममा जन्मिनुभएका गुरुङ पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । न्यूह्यामसर नेपाली समाजका सचिव उहाँ न्युह्यामसर गुरुङ समाजका महासचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया