अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

बैंक तथा वित्तिय संस्थामा राष्ट्र बैंकले १ अर्व ४८ करोड लगानी गर्ने

बिआरटीनेपाल २०७५ पुष १९ गते १८:५८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले, बैंक तथा वित्तिय संस्थाहरुमा १ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । ३ सय ६४ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी राष्ट्रि बैंकले सो रकम लगानी गर्न लागेको हो ।

बैंकले माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो । अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम बुझाउनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू