अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

फिल्म रणवीर मार्फत डेब्यु गर्दै सुबेक्षा

बिआरटीनेपाल २०७५ पुष १८ गते १०:११ मा प्रकाशित

पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरू जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमी छैन । प्रियङ्का कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ, अकेशा विष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म “रणवीर” मार्फत डेब्यु गर्दै्छिन । नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन्, उनी भिजेको रूपमा कान्तिपुर टेलिभिजनसँग आबद्ध भइन् ।

गत वर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रूपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले संयुक्त रूपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुँदैछ ।

सुबेक्षा खड्का: मलाइ फिल्ममा आउँन मन नलागेको होइन तर खोजिएको जस्तो फिल्म अफर आएन । म मिस नेपालमा सेकेन्ड रनर अप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाई भेटे । तर मलाइ चित्त बुझेन । मलाइ पहिला देखि नै फिल्ममा आउने इच्छा थियो र मसँग काम गर्ने साथीसंगी सर्कलले पनि मलाइ भन्नु हुन्थ्यो तर सही समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमले पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हु ।

गोमा विष्ट थापा: हामीले फ्रेस अनुहार खोजी रहेका थियौ, जस क्रममा सुबेक्षालाई भेट्यौ । उनलाई भेटेपछि सुनिएको कुरा लागत लाग्यो । उनले फिल्म नगर्ने भन्दा पनि राम्रो स्टोरी र टिम नपाएकी रहिछिन् । हामीले कथा सुनायौ, पढ्न पनि दियौ । उनले फिल्म गर्छु भनेपछि काम सुरु भयो । एउटा सम्भावना बोकेको प्रतिभाको रूपमा पाए मैले सुबेक्षालाइ । 

प्रतिक्रिया