अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

चितवन हात्ती महोत्सवः ‘ब्युटी कन्टेस्ट’को उपाधि बिजुलीकलीलाई

बिआरटीनेपाल २०७५ पुष १४ गते ९:०८ मा प्रकाशित

चितवनमा जारी हात्ती महोत्सवमा आयोजित ब्युटी कन्टेस्टको उपाधि १८ बर्षकी बिजुलीकलीले ‘जितेकी छिन । महोत्सवको चौथो दिन शनिबार भएको कन्टेस्टमा फष्ट रनरअप २२ बर्षकी चम्पकली तथा सेकेन्ड रनरअप १९ बर्षकी एलिशाकलीले हात पारेको महोत्सव आयोजक समितिका प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो ।

सजावट, चालढाल, हिँडाइ, बसाइ, माउतेको आज्ञा मान्ने वा नमान्नेजस्ता विभिन्न आधारमा सबैभन्दा सुन्दरी बिजुलीकली देखिएकी थिईन् । आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गर्न चितवनमा हात्ती महोत्सव गरिएको हो। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हात्ती महोत्सव आइतबार सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू