अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

अमेरिकी हिरासतमा ८ बर्षीय आप्रवासी बालकको गयो ज्यान

बिआरटीनेपाल २०७५ पुष ११ गते ६:४९ मा प्रकाशित

अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको ज्यान गएको छ । मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिका प्रवेश गरेका ग्वाटेमालाका ती बालकलाई अवैध आप्रवासी रहेको भन्दै अमेरिकी सरकारी संयन्त्रले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

बालकको हिरासतमै रहेका बेला निधन भएको अमेरिकाको आप्रवासन सम्बन्धी कार्यालयका अधिकारीले बताएका छन् । मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेश गर्नका लागि आएका क्यारावान आप्रवासी मेक्सिकोको सीमा हुँदै अमेरिका पुगेका छन् । अमेरिकी अधिकारीले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गरेकाहरुलाई पक्राउ गर्ने गरेका छन् । अहिले निधन भएका ८ वर्षे बालकलाई चिसो लागेको तथा ज्वरो आएकोले उपचार गरेको तर उनको निधन भएको सीमा क्षेत्रमा खटिएका अमेरिकी अधिकारीले बताएका छन् ।

यसरी मेक्सिकोसँग सीमा जोडिएको क्षेत्रबाट अमेरिका प्रवेश गरेर पक्राउ गरी हिरासतमा राखिएका मध्ये यो महिना दुई बालबालिकाको ज्यान गएको छ । यसअघि ग्वाटेमालाबाट अमेरिका आएकी सात वर्षकी बालिकाको हिरासतमा लिएको केही घण्टापछि नै निधन भएको थियो । ती बालिकाको आफ्ना अभिभावकसहित गैरकानुनी रुपमा मेक्सिको–अमेरिका सीमा पार गरेको अमेरिकी अधिकारीले बताएका थिए ।

ज्याकेलिन काएल नाम गरेकी ती बालिकाको लिभर फेलियरका कारण निधन भएको अमेरिकी अधिकारीले बताएका थिए । तर द वासिङ्गटन पोस्टले भने बालिकाको निधनको कारण डिहाइड्रेसन (पानीको कमी) रहेको उल्लेख गरेको थियो । पत्रिकाले सीमा क्षेत्रमा खटिएका सरकारी अधिकारीलाई उद्धृत गर्दै ती बालिकाले धेरै दिनदेखि पानी तथा खाना नपाएको जनाएको थियो । 

प्रतिक्रिया