अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

२० वर्षपछि विश्व च्याम्पियन टोली फिफा वरियताको शीर्ष स्थानमा रहेन, नेपालको उल्लेख्य सुधार

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१५ मा प्रकाशित

फुटबलको सर्वोच्च निकाय फिफाले यो वर्षको अन्तिम वरियता बिहिबार सार्वजनिक गरेको छ । सार्वजनिक भएको नयाँ वरियतामा विश्व च्याम्पियन फ्रान्स दोस्रो नम्बरमा कायमै छ । फिफाको २० वर्षको अवधिमा पहिलो पटक कुनै पनि विश्व विजेता टिम वर्षको २ महिना मात्र शीर्ष स्थानमा रह्यो ।

विश्व विजेता फ्रान्स अगष्ट र सेप्टेम्बरमा मात्र शीर्ष स्थानमा रहन सफल भयो । यसअघि पछिल्लो पटक सन् १९९८ मा पनि फ्रान्स विश्व विजेता भएको बेला यस्तै भएको थियो । सन् २०१८ को उपविजेता क्रोएशिया वर्षको अन्तिम वरियतामा चौथो नम्बरमा पुगेको छ ।

शीर्ष स्थानमा बेल्जियम रहँदा ब्राजिल तेस्रो नम्बरमा पुगेको छ । यस्तै अर्जे्न्टिना पहिलो पटक वर्षको अन्त्यमा टप टेनबाट बाहिरिएको छ। विश्वकपको अन्तिम १६ बाट बाहिरिएको अर्जे्न्टिना ११औं स्थानमा छ । बेल्जियमले वर्ष २०१८ मा सबैभन्दा बढी १३ खेल जित्यो । अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा सबैभन्दा बढी १३ पटक विजेता रहेको बेल्जियम सबैभन्दा बढी खेल जित्ने टोली बन्यो।
वर्ष २०१८ मा १७ अन्तर्रा्ष्ट्रिय खेल खेलेको बेल्जियमले २ वटामा मात्र पराजित भयो। २ खेल बराबरी भएको थियो। पूर्व विश्व विजेताहरू ब्राजिल र इंग्ल्याण्ड जस्ता बलिया टोलीलाई हराएको क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो।

विश्व विजेता फ्रान्सले वर्ष २०१८ मा खेलेका १८ खेलबाट १२ खेल जितेको छ। २ खेल हारेको फ्रान्सले ४ खेल बराबरीमा सकाएको थियो। विश्वकपमा अर्जे्न्टिनालाई ४(३ ले हराएको फ्रान्सले उरूग्वे र क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो। यस्तै ब्राजिलले वर्ष २०१८ मा १५ खेल खेल्दै १३ मा जित हात पारेको छ। एक खेल बराबर खेलेको ब्राजिलले १ मा हार व्यहोरेको थियो।
ब्राजिलले फिफा वरियताको ७९ औं नम्बरमा रहेको एसियाली मुलुक साउदी अरेबियालाई हराए पनि वरियताको अंकमा खासै फरक नपर्दा अघि बढ्न गाह्रो भयो। यस्तै क्रोएशियाले खेलेको १७ अन्तर्रा्ष्ट्रिय खेलमा ११ खेल जित्दा ३ मा हार र ३ मा बराबर खेलेको थियो। क्रोएशियाले विश्वकपमा अर्जे्न्टिना र इंग्ल्याण्डलाई हराएको थियो।

सन् २०१७ को अन्त्यमा विश्व वरियताको शीर्ष नम्बरमा रहेको जर्मनी सन् २०१८ को अन्त्यसम्ममा १५ स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ। पछिल्लो एक वर्षमा जर्मनीको प्रदर्शन राम्रो छैन। विश्वकपको समूह चरणबाटै बाहिरिएको जर्मनी फिफा वरियताको ५३औं नम्बरमा रहेको एसियाली मुलुक दक्षिण कोरियासँगसमेत पराजित भएको थियो। यस्तै शीर्ष चारमा रहेको अर्जे्न्टिना एक वर्षको अन्तरमा ११औं स्थानमा पुगेको छ। विश्वकपमा प्री(क्वार्टरफाइनलबाट बाहिरिएको अर्जे्न्टिना बेल्जियमसँग पराजित भएको थियो। यस्तै एक वर्षअघि पाँचौ नम्बरमा रहेको बेल्जियम यो वर्षको अन्त्यमा शीर्ष स्थानमा रहँदा विश्व विजेता एवम् वर्ष २०१७ को अन्त्यमा नवौ नम्बरमा रहेको फ्रान्स दोस्रो स्थानमा रह्यो।

दक्षिण एसियाली मुलुक भारतले आफूलाई वर्षमा सुधार गरेको छ। अघिल्लो वर्षको अन्त्यमा १०५ औं स्थानमा रहेको भारत यो वर्षको अन्त्यमा ९७ औं स्थानमा रहेको छ। भारतले यो वर्ष बलियो राष्ट्र चीनसँग बराबरी खेल्नुका साथै केन्या, मालदिभ्स, श्रीलंका र पाकिस्तानलाई हराएको थियो। यस्तै स्विटजरल्याण्ड एक वर्षसम्म आफ्नो स्थान परिवर्तन नहुने मुलुक भएको छ। अघिल्लो वर्ष पनि आठौं स्थानमा रहेको स्विटजरल्याण्ड यो वर्षको अन्त्यमा पनि आठौं स्थानमा कायमै रहेको छ।

यसैवीच, फिफाले सार्वजनिक गरेको वर्षको अन्तिम वरियतामा नेपालले अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ। अघिल्लो वर्षको अन्त्यमा १७१ औं स्थानमा रहेको नेपाल यो वर्षको अन्त्यमा निकालेको नयाँ वरियतामा १० स्थान माथि उक्लिँदै १६१ औं स्थानमा आइपुगेको छ।

नेपालले वर्ष २०१८ मा खेलेका ९ वटा अन्तर्रा्ष्ट्रिय खेलमा दुई वटामा मात्र जित हात पारेको छ। नेपालले बंगलादेश र भुटानलाई हराउँदा फिलिपिन्ससँग बराबरी खेलेको छ। बाँकी ६ वटा खेल हारेको छ। नेपालले प्यालेष्टाइन, ताजकिस्तान, माल्दिभ्स, पाकिस्तान र यमनसँग पराजय व्यहोरेको हो। वर्ष २०१८ मा नेपालले १० गोल खाँदा ८ गोल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू