अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

बिना इजाजत भुक्तानी कारोबार गर्नेलाई अर्थमन्त्रीको कडा चेतावनी

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:०५ मा प्रकाशित

अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो ।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रालाई अपचलन नहुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराउनुभएको छ । उहाँले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले त्यस सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू