अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

अमेरिकी राष्ट्रपति ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत हुनुभएको हो । न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

महान्यायाधिवक्ता बारबराले राष्ट्रपति ट्रम्पले ब्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको भन्दै बन्द गर्न अपील गर्दै मुद्दा दायर गरेकी हुन् । यो संस्था बन्द भएपछि उसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएको छ । तर सो च्यारिटीमा राष्ट्रपति ट्रम्प, उहाँका तीन सन्तान भने सदस्य बन्न पाउने छैनन् ।

फाउन्डेसनका कानुनी सल्लाहकारले भने महान्यायाधिवक्ताले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया