अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

देशमा पूँजी निर्माणका लागि पनि आयात अपरिहार्य छ : मन्त्री खतिवडा

बिआरटीनेपाल २०७५ मंसिर २८ गते २०:१७ मा प्रकाशित

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशमा पूँजी निमार्णका लागि तेस्रो मुलुकहरुबाट आयात गर्नु पर्ने आवश्यकता औल्याएका छन् । नेपालमा २ अर्ब अमेरिकी डलर भन्दा बढीको निर्यात क्षमता भएको उल्लेख गर्दै अर्थ मन्त्री खतिवडाले आन्तरिक उत्पादनले मात्र अर्थतन्त्र धान्न नसक्ने हुदाँ नेपालमा अझै आयातको व्यापार गर्नु पर्ने बताएका हुन ।

शुुक्रबार काठमाडौंमा विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्टले तयार गरेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री खतिवडाले ‘ट्रेड रिजाइम’ परिवर्तनको समय आएको उल्लेख गरे । तुलनात्मक लाभ हुने क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धि नेपालमा हुन सक्ने भन्दै पर्यटन, पुर्वाधार विकास, ग्रामिण क्षेत्र लगायतमा लगानी गरी रोजगारीको अवसर समेत सृजना गर्ने सकिने पनि मन्त्री खतिवडाले बताए ।

नेपाल जस्तो देशले अन्तर्राष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रमा बस्तुहरु उत्पादन गरेर बजारिकरण गर्नुपर्नेमा पनि उनको जोड थियो । सोही कारण अर्थतन्त्रको विकास र पुँजी निमार्णको लागि आयत गर्न आवश्यक रहेको हुदाँ नेपालको व्यापार घाटा र आयात निर्यातको अनुपातलाई नकारात्मक रुपमा नहेर्न अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे । नेपालले निर्यातको तुलनामा आयात अत्याधिक बढाएको भएता पनि दक्षिण एसियाली मुलुकहरुको अर्थतन्त्रको कुल ८० प्रतिशत हिस्सा ओगटेको हुदाँ नेपालको व्यापार अन्य मुलुकहरुसंग पारस्परिक हुने उनको भनाई थियो ।

सार्वजानीक गरिएको प्रतिवेदनका सम्पादक संजय मथुरियाले नेपालमा व्यापार तथा लगानीको सम्भावना धेरै भएता पनि त्यसको तुलनामा व्यापार तथा लगानी अत्यन्त कम भएको बताए । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढदै गएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू