अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

रमेशराज र नेत्रजीले सिद्धि समुदायलाई सङ्गीतमा झुमाए

राजेन्द्र आचार्य २०७५ मंसिर २३ गते ९:२१ मा प्रकाशित

चितवन, सङ्गीतबाट कोही पनि अछुतो रहन सक्दैन । गीत सङ्गीतमा नरम्मे कोही छैन । बच्चादेखि वृद्ध सम्म गीत सङ्गीतमा रम्ने गर्छन् । गीत सङ्गीतबाट चितवनको पहाडी क्षेत्रमा रहेका चेपाङ समुदाय शनिवार सिद्धिमा भरपुर मनोरञ्जन लिएको देखियो । उनीहरूलाई मनोरञ्जन दिलाएका थिए गायक रमेशराज भट्टराई र नेत्रजी पन्तले । यो अवसर जुराएको थियो सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले ।

सोसल इम्प्याक्टले सिद्धिमा सञ्चालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम भन्ने परियोजना अन्तर्गत तेस्रो पुरस्कार वितरण समारोहमा भट्टराई र पन्तले उपस्थिति कालिका नगरपालिका १० र ११ का चेपाङ तथा अन्य समुदायलाई सङ्गीतमा झुमाए ।

युवाहरूका माझ पछिल्लो समय निकै रुचाइएका लोक तथा आधुनिक गायक रमेशराज भट्टराईले सिद्धि तीन दोभान स्थित मझवाङ मावि परिसरमा आधा दर्जन गीत प्रस्तुत गरे । उनले बबाल गर्दै गीतको सुरुवात गरे । निकै चर्चा कमाएको बबाल भो भन्ने गीतबाट उनले साङ्केतिक प्रस्तुति सुरु गरेका थिए । 

त्यसपछि मेरी नथियावाली, फिदा भएको छु, टेन्सन भयो यार, बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई बोलका गीत प्रस्तुत गरिरहँदा चेपाङ समुदायका युवायुवतीहरूले नाचेर उनलाई साथ दिए । आधुनिक गीतमा झुमेका सिद्धिवासीहरू लोकदोहोरीमा पनि झुम्न भ्याए ।

पुराना गायक नेत्रजी पन्त पनि के कम उनले पनि सिद्धिवासीहरूलाई गीतमा उफारे । सुरुमा सेन्टीमेन्टल गीत प्रस्तुत गरे उनले पनि आधा दर्जन गीत पीडादायी, मर्मस्पर्शी गीत गाए । चेपाङहरूले भोग्नु परेको समस्या, खान नपाएको समस्या गायक पन्तले मन छुने गरी गीत मार्फत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । 

प्रतिक्रिया