अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

पोखरा महानगर उपप्रमुखसंग चिनियाँ ब्यवसायीद्धारा भेट, पोखराको पर्यटनमा लगानी गर्न ब्यवसायी इच्छुक

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:५३ मा प्रकाशित

चिनका विभिन्न शहरका प्रमुख र ब्यवसायीहरुको भ्रमण पोखरामा पछिल्लो समय बढेको छ । देशमा राजनीतिक स्थिरता र लगानीको वातावरण सृजना भएसंगै पोखराको पर्यटनमा चिनियाँहरु आकर्षित भएका छन् । पोखराको पर्यटनमा लगानी गर्न उनीहरुले चासो देखाएका हुन् । पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न उनीहरु इच्छुक देखिएका छन् । पोखरामा पछिल्लो समय इपिन शहर, हाइनान प्रदेशका उपाध्यक्ष, हाइनान प्रान्तको हाइकाओ नागरपालिकाका उपप्रमुख झाङली सहित त्यहाँका ब्यसायीहरुले भ्रमण गरेका छन् ।

पोखरा आएका आइकाओ शहरका ब्यवसायीको टिमले पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । भ्रमणकै क्रममा चीनको हाइनान प्रान्तको आइकाओ नगरपालिकाको चाइना चेम्वर अफ इन्टरनेशनल कर्मशका भाइस उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको ११ जनाको ब्यवसायीको टोलीले पोखरा महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङसंग मंगलबार भेट गरेको छ । भेटमा ब्यवसायीहरुले यहाँ पर्यटनको सम्भावना रहेकाले लगानी गर्न इच्छुक भएको बताउनुभयो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा विश्वकै उत्कृष्ट गन्तब्यभित्र पर्ने भएकाले यहाँको पर्यटन विकासको क्षेत्रमा लागानी गर्न सकिने बताउनुभयो । उनले हाइकाओसंग ब्यापारीक सम्वन्ध कायम गर्न तयार रहेको बताउदै पर्यटन र कृर्षिको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको औल्याउनुभयो । चाइना चेम्वर अफ इन्टरनेशनल कर्मशका भाइस उपाध्यक्ष चेनहोङ लिङले पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको र त्यसको लागि लगानीको वातावरण चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू