अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

सर्वोत्कृष्ट सम्पादन २०७५ को पपुलर अवार्ड युवराज खत्रीलाई

बिआरटीनेपाल २०७५ मंसिर ३ गते २३:५३ मा प्रकाशित

कला क्षेत्रको लामो सङ्घर्ष पछि रेस्पोन्सिभ मिडिया द्वारा आयोजित सगरमाथा म्युजिक अवार्ड २०७५ मा पप विधाको “सर्वोत्कृष्ट सम्पादन पपुलर अवार्ड” युवराज खत्रीले जित्न सफल हुनु भएको छ।

सिन्धुपाल्चोक जिल्लाको धुस्कुन -२, हाल त्रिपुरा सुन्दरी -३,निवासी बुवा भक्त बहादुर खत्री र आमा सावित्री कुमारी खत्रीको कोखबाट जन्म लिनुभएका माइलो छोरा हुन युवराज खत्री। सामान्य परिवारमा जन्मनु भएका खत्रीको बाल्यकाल धुस्कुनमै बित्यो। सानै देखि पढाइमा अबल मानिने खत्री श्री महेन्द्र प्रताप मा बी बाट S.L.C. उत्तीर्ण गरी अरनिको कलेज बाट +२ गर्नुभएको हो।

सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि राख्ने खत्रीले २०६६ सालमा नेपाली इतिहासकै पहिलो पटक थामी भाषाको चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु भएको हो। उक्त चलचित्रले सोचेजस्तो प्रतिफल नपाए पनि उहाँले गर्नु भएको कामको कदर गर्दै मेरो स्कुल, दोखांङ, हाम्रो गाउँ जस्ता थुप्रै चलचित्रहरूमा सह – निर्देशनको काम गर्ने अवसर पाउनुभयो ।

त्यसपछि उहाँले टेन्डर नामक नेपाली कथानक चलचित्र निर्देशन गर्नु भयो । उक्त चलचित्रको कथा/सम्पादन समेत खत्री आफैले गर्नु भएको थियो । अहिले उहाँ निर्देशन, छायाङ्कन तथा सम्पादन तीन वटै विधामा निकै नै व्यस्त हुनुहुन्छ । तपाईँ यो क्षेत्रमा लागेर कतिको सन्तुष्ट हुनु हुन्छ भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ “कतिपय व्यक्ति लाई गाह्रो हुनसक्छ तर म सन्तुष्ट छु । किन भने म मुख्य तीन वटै विधामा काम गर्छु, कामहरू पाई राखेको छु त्यसैले सन्तुष्ट नै छु।”

अहिले सम्पादनमा अलि व्यस्त रहनु भएका खत्रीले लगभग ५०० म्युजिक भिडियो निर्देशन गर्नु भएको छ भने ७०० छायाङ्कन र ९०० भन्दा बढी सम्पादन गरी सक्नु भएको छ । त्यस्तै आधा दर्जन चलचित्र छायाङ्कन तथा सम्पादन समेत गरी सक्नु भएको छ। खत्री एक्सन फिल्मसङ प्रा ली का प्रबन्ध निर्देशक समेत हुन। नेपाली कला जगत्लाई उच्च स्तरमा पुर्‍याउन विशेष योगदान दिँदै आउनु भएका उहाँले सगरमाथा म्युजिक अवार्ड २०७५ मा पप विधाको “सर्वोत्कृष्ट सम्पादन पपुलर अवार्ड” जित्न सफल हुनु भएको हो । कला क्षेत्रमा दिइने अवार्डहरूले हामी कला जगतमा लाग्नेहरूलाई हौसला प्रदान गर्ने बताउनु हुन्छ। साथै आफूलाई अवार्ड प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्य प्रतिको जिम्मेवारी अझै थपिएको र भविष्यमा कला क्षेत्रमा नै आफ्नो जीवन समर्पण गर्ने युवराज खत्री बताउनुहुन्छ ।

प्रतिक्रिया