अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १८:३१ मा प्रकाशित

काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ ।

चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  । 

चालु आर्थिक बर्षको तीन महिनामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु नेपाल भित्रिएको हो । यो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँको मात्र  स्वदेशी वस्तु बाहिरिएको छ ।

आयात निर्यातको अनुपातमा तालमेल हुन नसक्दा हरेक दिन देशले झण्डै ४ अर्बको ब्यापार घाटा बेहोर्ने गरेको छ । तीन महिनाको  औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार  देशले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । यो क्रम हरेक बर्ष बढ्दै गएको छ ।

आधा भन्दा बढी घाटा त छिमेकी देश भारतसँग मात्रै हुने गरेको छ । यो तीन महिनामा पनि ६३.२ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ । चीन, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, साउदी अरबलगायतका देशसँग नेपालको व्यापार घाटामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू