अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

कोरियामा भएको लक्जरी ब्रान्ड मोडल अवार्ड, ग्लोबल फेसन विक २०१८ मा नेपाललाई ठुलो सफलता

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ९:३९ मा प्रकाशित

काठमाडौँ – कोरियाको इन्चियन सहरमा आयोजना भएको ‘५ औँ लक्जरी ब्रान्ड मोडल अवार्ड, ग्लोबल फेसन विक २०१८ मा नेपाललाई ठुलो सफलता हात परेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरू विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् ।

कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले ‘ब्रान्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जित्दा अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्रान्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञवालीले ‘वेस्ट पर्सनालिटी’ अवार्ड हात पारे ।

कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको वर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात् ( ११ कत्र्तिकदेखि १५ सम्म’ आयोजित कार्यक्रममा यी सहभागीले नेपालका विभिन्न कला संस्कृति विश्वका सहभागी माझ राखेका थिए ।

नेपालको प्रतिनिधित्व अवार्डमा सहभागी मध्य अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्ट रनर अप र थर्ड रनर अप विजेता हुन् ।

अर्का सहभागी विक्रम आदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एसिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।

सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । सबै सहभागी मङ्गलवार काठमाडौँ फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतिक्रिया