अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

अमेरिकाको वाशिङटन डिसीमा कलिवुड नाइट विशेष सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २८ गते १४:४९ मा प्रकाशित

अमेरिकाको वाशिङटन डिसी नजिकै भर्जिनियाको अनेन्डेल सहरमा ख्याति प्राप्त नेपाली कलाकारहरूको प्रस्तुति कलिवुड नाइट विशेष सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ । 

चलचित्र नायकहरू सरोज खनाल, किरण प्रताप केसी र रिमा केसीको भूकम्प नाटक, लोकप्रिय नायिका एवम् नाचमा पोख्त सारङ्गा श्रेष्ठ र कोरियोग्राफर एवम् धेरै चलचित्रमा नृत्य निर्देशन गरेका हस्ती नवीन केसीको नाच, नवीन केसी र चर्चित कोरियोग्राफर एवम् नृत्य निर्देशक लुना श्रेष्ठको नाच, लोक तथा दोहोरी गायक राम प्रसाद खनालको पञ्चेबाजाको गीत, पप क्षेत्रका हस्तीहरू सन्जिप प्रधान र सरिस्मा अमात्यका गीतहरू कार्यक्रमका मुख्य आकर्षण थिए । 

यसै गरी कार्यक्रममा हास्य कलाकारहरू पुष्कर पन्त र अर्जुन दाहालको हास्यव्यङ्ग्य, सुपर ममहरूको नाच, बाल बालिकाका नाच, सुनिक्षा मैनाली र राहुल केसीको नाचहरू प्रस्तुत गरिएका थिए । केसी डान्स सेन्टरका सञ्चालक नवीन केसी र लुना श्रेष्ठले आगन्तुक लाई स्वागत गर्नुभएको कार्यक्रम परशु तिमल्सिना र सुजाता बस्नेतले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सबै कलाकारहरूले मञ्चबाट दर्शकहरूलाई दसैँको शुभकामना सहित बिदाइ गरेका थिए । 

 

प्रतिक्रिया