अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

रसुवा कन्स्ट्रक्सन कंम्पनिको व्यावसायिक छलाङ एक पछि अर्को निर्माण आयोजना ठेक्का सम्झौता अवधि अगावै सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २२ गते २३:१७ मा प्रकाशित

निर्माण व्यवसायीहरूले समयमै गुणस्तरिय काम नगरेर आयोजनाहरू अलपत्र पारि रहेको गुनासो आइरहेको बेला रसुवा कन्स्ट्रक्सन कंम्पनिले एक पछि अर्को आयोजना निर्माण अवधि भन्दा डेढ वर्ष अघि नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दै छ। 

सिन्धुलीको मरिन खोलामा निर्माण गरिएको पुल ठेक्का सम्झौता अवधि भन्दा डेढ वर्ष अधीनै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेर सरकारी स्तरबाट प्रशंसा कमाएको रसुवा कन्स्ट्रक्सन कंम्पनिले सिन्धुलीकै कमला र रातु नदी मा निर्माणाधिन पुल पनि  ठेक्का सम्झौता अवधि भन्दा झन्डै डेढ वर्ष अधीनै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दै छ।

कमला मा निर्माण गरिएको पुल गत श्रावण महिना बाट सञ्चालनमा आई सकेको छ भने रातु पुल दसैँ लगतै सञ्चालनमा आउँदै छ। यी दुवै पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट तिहार लगतै हुने कार्यक्रम छ। मरिन खोलाको पुलको भने गत महिना पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो।

झन्डै ४५ वर्ष अधि देखि निर्माण व्यवसायमा संलग्न रसुवा कन्स्ट्रक्सन कम्पनीको मुख्य उदेश्यनै निर्धारित समय भित्रै गुणस्तरिय निर्माण सम्पन्न गर्नु रहेको कंम्पनिका अघ्यक्ष राजेन्द्रराज आचार्य बताउनु हुन्छ।

४५ वर्षको यो अवधिमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेका कुनै पनि आयोजनामा गुणस्तर र समयमा कुनै गुनासो नरहेको अघ्यक्ष आचार्य बताउनु हुन्छ।कम्पनी अन्तरगत सञ्चालित अन्य सबै आयोजनाहरू गुणस्तरियताका साथ समय अगावै सम्पन्न गर्ने हिसाबले काम अगाडी बढी रहेको कंम्पनिका अर्का सञ्चालक राममणि आचार्य बताउनु हुन्छ। कंम्पनिका संञ्चालकहरुको प्रत्यक्ष निगरानीमा निर्माण कार्य अगाडी बढाई रहेकाले पनि रसुवा कन्स्ट्रक्सनको काम गुणस्तरिय र समयमै सम्पन्न हुने गरेको सडक विभागका अधिकारीहरू बताउँदछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू