अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

कोलोराडो, अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असोज २१ गते ११:२८ मा प्रकाशित

गत अक्टोबर ६ तारिख शनिवारको दिन कोलोराडोको बोल्डर सहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । ब्लड डोनर अफ अमेरिका कोलोराडो संयोजक टिका पौडेलले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार बोनफिल्ड ब्लड सेन्टर बोल्डरमा सम्पन्न कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा कपिल सुबेदी, टिका पौडेल, लुना पौडेल, नारायण श्रेष्ठ, उमेश श्रेष्ठ, रवि जोशी, नातिबाबु भट्ट, सरोज शिल्पकार, डा पंकज तिमील्सिना, सविन गौली, सम्बित भट्टराई, सविना गौली, शेखर पोखरेल, सैजु खड्का, श्रीराम लुइँटेल, मणिराज बस्नेत, रोहित श्रेष्ठ तथा स्टिभन बेनेफिल्ड छन् । 

उक्त रक्तदान कार्यक्रमको आयोजना ब्लड डोनर अफ अमेरिका र लङमन्ट हिमालय लायन्स क्लबले गरेको थियो । ब्लड डोनर अफ अमेरिकाले बेला बेलामा कोलोराडोका स्थानीय सङ्घ संस्थाहरूसँग मिलेन रक्तदान कार्यक्रमको आयोजना गर्दे आएको छ । ब्लड सेन्टरले रक्तदाता लुना पौडेललाई एक ग्यालेनको पिन पनि दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू