अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

सफलताको कामना

तीर्थराज अधिकारी २०७५ असोज १५ गते १२:४१ मा प्रकाशित

“कवि जे सोच्दछ त्यो अक्षरमा उतार्छ”।प्रवासमा यस्तै यस्ता धेरै साहित्यकारहरूको जमघट हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)।यही समाजलाई डोर्‍याउन भरखर मात्र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न भई शपथ ग्रहण समेत भएको छ।

त्यही अवसर छोपेर उक्त कार्य समितिलाई आफ्नो कार्य कालको पूर्ण सफलताको कामना गर्न चाहन्छु।यस सानु कथनमा तल
उल्लेख भएका आशातीत बुँदाहरू कार्यन्वित गर्न यो कार्य समिति सक्षम रहोस् भन्ने शुभेक्षा समेत प्रकट गर्दछु।

हुन त कार्य समितिले मात्र नेपाली साहित्यको उन्नयन गर्ने होइन,यो त लेख्नेलाई मसी र कागज,खेल्नेलाई मैदान र हिँड्नेलाई बाटो बनाई दिने ज्यामीहरूको समूह हो।यिनैको सकृयतामा एउटा नयाँ परिवेश तयार हुँदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध हुन सक्दछ । किनभने कार्य समितिका सबै सदस्यहरू स्वयम् कवि पनि हुँदा काव्यको हन्तर्निहित विशेषता बुझेका हुन्छन्,त्यस पछि कार्य प्रणालीमा नवीनता निखारिन हुन्छ ।

जति नेपाली युवा परदेश जान्छन् आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन्।प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धरा मात्र आआफ्नो उपज हो।साहित्य त एक माध्यम हो।नेपाल भन्दा टाढा अन्य विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ ।

प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेको हुन्छ।आफू जहाँ रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन,सिद्धान्त तथा चिन्तन सँग जोडिएको छैन।यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण पनि गरेको हुन्छ।तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन।यसै भएर नै प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए।प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कार सित जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन्।त्यही मेसोमा निम्न लिखित विषयहरू पनि समाविष्ट गर्दै संवेदनाको एउटा बिटो बनाउन सकेमा नयाँ कार्य समिति सबैको सह्राहनीय बन्न सक्ने छ र सकोस् पनि….।

अनेसास-अपेक्षा
क) नेपालमा एउटा पुस्तकालयको स्थापना गरेर अनेसासका प्रत्येक सदस्य नेपाल जाँदा आफू बसेको देशको प्रसिद्ध लेखकको कम्तीमा
एउटा पुस्तक नेपाली अन्तर्राष्ट्रिय पुस्तकालयलाई उपहार स्वरूप प्रदान गर्ने।

ख) नेपालबाट आफू बसेको मुलुकमा फर्कँदा बाल साहित्य,बाह्रखरी,नयाँ चर्चित पुस्तक तथा पत्र पत्रिका आदि सामाग्री नगिचको च्याप्टरको
लागि उपहार ल्याउने।

ग) नयाँ च्याप्टर सञ्चालन गर्दा कम्तीमा १०० नेपाली पुस्तक जम्मा भएको समूहमा साहित्य प्रति रुचि हुनेहरूको आवध्दता रहने गरी मात्र च्याप्टर
सञ्चाजन गर्ने।

घ) नयाँ वा पुरानो च्याप्टरले अनिवार्य रूपमा केन्द्रको स्वीकृति लिनु पर्ने।
ङ) नेपाल वा अन्य जुनसुकै देशमा रहे बसेका नेपाली तथा अङ्ग्रेजी र अन्य भाषाविदहरुको श्रोत व्यक्तित्व समूह निर्माण गरी उनीहरू बाट भाषानुवाद सहितको विभिन्न सुझाव र सहयोग प्राप्त गर्ने परिपाटी मिलाउने।

च) प्रत्येक नेपालीले आपसी भेटघाटको प्रारम्भबाटै नेपालीमै कुराकानी गर्ने जसले गर्दा नवपुस्ताले पनि नेपाली आफ्नो मातृभाषा रहेछ भन्ने
आभास गरोस्।

छ) सामान्य वा इलेक्ट्रोनिक पत्राचार नेपालीमै गर्न प्रोत्साहन गर्ने।
ज) नेपाली पुस्तक,पत्र पत्रिका सकेसम्म सङ्कलन गरी एक आपसमा आदान प्रदान गर्ने,नयाँ पुस्तालाई पनि अध्ययन गर्न प्रोत्साहन गर्ने गराउने।

झ) हामीले सामाजिक (अराजनैतिक)आन्दोलन नै गर्नु परेता पनि स्थानीय सरकारी निकाय सँग त्यस राज्यको पाठ्यक्रममा नेपाली भाषा समेत
समावेश गर्न अभ्यर्थना गर्ने ।

ञ) स्थानीय पुस्तकालयहरूमा नेपाली पुस्कहरुलाई स्थान दिन अनुरोध गर्ने।
ट) प्रारम्भिक नेपाली पुस्कहरु सङ्कलन,लेखन तथा उपलब्धिको व्यवस्था गर्ने।
ठ) नेपाली प्रशिक्षण शिविरको आयोजना गरेर नेपाली संस्कृति,भेष भूषा,नाचगान,तीज गीत,भजन चुड्का प्रदर्शन गर्ने ।

ड) कुनै चाड पर्वमा पूजा पाठ,सांस्कृतिक कृयकलापको अवसरमा नेपाली पण्डित,नेपाली चलन र नेपाली पनको झलक पैदा गर्ने।
ढ) नेपाली बोल्न आ आफ्ना बालबच्चाहरूलाई प्रोत्साहन गर्ने ।
ण) आफ्नो व्यवसायमा नेपाली नामकरण पनि गर्ने ।

त) ख्याति प्राप्त नेपाली पुस्तकहरूलाई क्रमशः द्विभाषी करण गर्दै लैजाने तथा अन्य भाषाका उपयोगी पुस्तकलाई नेपालीमा उल्था गराउने।

थ) विशुद्ध नेपाली लेखन पठनमा तदारुकता देखाउने, भाषिक प्रदूषण हटाउन प्रयास गर्ने।नेपाली नै समस्त आप्रवासी नेपालीको साझा भाषा हो।यसलेनै समष्टिगत रूपमा एकीकृत गर्दछ र सम्पर्कमा ल्याउँछ।जब सम्म हामी सतर्क हुन्छौँ नेपाली तस्बिरमा आफ्नो अस्मिता जोगाउँछौ,त्यसको साथसाथै सारा नेपाली जातिको पहिचान पनि जोगिएको हुन्छ ।