अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

७५ दिनमा पूँजीगत खर्च साढे २ प्रतिशत

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:३२ मा प्रकाशित

चालु आर्थिक वर्षको साढे दुई महिनामा पूँजीगत खर्च साढे दुई प्रतिशत मात्र भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको ७५ दिनमा २.६१ प्रतिशत पूँजीगत खर्च भएको हो ।

आठ अर्व १८ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । गत आर्थिक वर्षमा पाँच अर्ब रुपैयाँ मात्र खर्च भएको थियो । चालु खर्च भने एक खर्व रुपैयाँ नाधि सकेको छ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा एक अर्ब १८ करोड रुपैयाँको हिसाब देखिएको छ । गत वर्ष यस्तो व्यवस्थापन खर्च ८२ करोड रुपैयाँ मात्रै भएको थियो ।

निर्वाचन पश्चात तीन तहको सरकार गठन भएको कारण पनि यस पटक पूँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। सोही अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बजेट कार्यान्वयनमा सबै निकायलाई थप सक्रिय बनाइ बजेटले राखेका उद्देश्य पूरा गर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू