अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

नेपालमा अनलाइन मार्फत हवाई टिकट बुकिङ गर्न सकिने

बिआरटीनेपाल २०७५ असोज ८ गते ८:५० मा प्रकाशित

काठमाडौँ । आन्तरिक हवार्इ टिकटका लागि अब ट्राभल एजेन्सी धाउनु नपर्ने भएको छ। अनलाइन मार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवार्इ यात्रा गर्न सकिने भएको छ । सूचना प्रविधिलार्इ आत्मसाथ गर्दै फ्लार्इइन नेपाल डटकम(flyinnepal.com)ले अनलाइनबाट हवार्इ टिकट किन्न सकिने व्यवस्था गरेको हो । पर्यटन क्षेत्रमै लागेका युवा सुमन घिमिरे लगायतको समूहले यो अनलाइन सञ्चालनमा ल्याएको हो।घिमिरे क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष एवं जङ्गल सफारी लजका सञ्चालक समेत हुन् ।

अनलाइनबाट बुकिङ गरेपछि पैसा सहज रूपमा तिर्न सकिन्छ। कम्पनीले इ सेवा र विभिन्न बैङ्कका डेविट र क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । सूचना प्रविधिलार्इ आत्मसाथ गर्दै अनलाइनमार्फत हवार्इ टिकट सेवा सुरु गरेका हौँ । अहिलेको जमानामा ट्राभल एजेन्सी धाएर टिकट किन्ने समयले पनि भ्याउँदैन । यसलार्इ सहज बनाउन हामीले प्रविधिमार्फत उपभोक्तालार्इ जोडेका हौँ’उनले भने,’यसरी टिकट किन्दा उपभोक्ताले पनि सस्तोमा पाउने अवस्था आउँछ ।

’कम्पनीले क्यान्सिलेशन शुल्क पनि कम लिने जनाएको छ।कम्पनीको क्यान्सिलेशन पोलिसी अनुसार यस्तो शुल्क बुकिङ भ्यालु र क्यान्सिलेशन समयका आधारमा रकम फिर्ता दिइने घिमिरेले बताए । ‘हामीले कुनै कारण टिकट रद्द गर्न परेमा समय र भ्यालीका आधारमा पैसा फिर्ता गर्छौँ’उनले भने,’हामीले ग्राहकका लागि कस्टुमर डेक्स सर्पोर्ट पनि राखेका छौँ । त्यहाँ फोन गरेर सहज रूपमा पैसा फिर्ता पाउनुहुनेछ । कम्पनीका अनुसार कस्टुमर हेल्प डेक्सको ९७७ १ ४४४४९९९ को नम्बरमा फोन गरेर रकम फिर्ता तत्काल पाइनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू