अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

यु–१९ एकदिवसीय क्रिकेट– नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित

बिआरटीनेपाल २०७५ असोज २ गते ९:१८ मा प्रकाशित

भारतको लखनउमा भएको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसंग पराजित भएको छ । पराजित भएसंगै नेपालले पुछारमा रहेर खेल सकाएको छ । भारतका दुई तथा नेपाल र अफगानिस्तानका राष्ट्रिय टिम गरी चार टोलीले सहभागिता जनाएको प्रतियोगितामा नेपाल पुछारमा रहेको हो । मंगलबार तेस्रो स्थानका लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भयो ।

लिग चरणमा अफगानिस्तानलाई २५ रनले हराएको नेपालको तेस्रो स्थानको भिडन्तमा ब्याटिङ चल्न नसक्दा फराकिलो हारको सामना गर्नुपरेको हो । २४५ रनको चुनौती पछ्याउनेक्रममा नेपाल ४५ ओभर क्रिजमा टिकेर १७३ रनमै अलआउट भयो । चार टिम सहभागी प्रतियोगिताको उपाधि भने भारतको यु–१९ ‘बी’ टिमले जितेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू