अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

वैयक्तिक गोपनीयता विधेयकमा प्रेसलाई राहत

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:४६ मा प्रकाशित

काठमाडौँ । सार्वजनिक पदधारण गरेका व्यक्तिको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, सम्पत्ति विवरण लगायतका विषय गोप्य नरहने प्रावधानसहित वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिले पारित गरेको छ ।

दफाबार छलफलपछि समितिले मंगलबार विधेयक पारित गरेको हो । पारित विधेयक भदौ २८ गतेको प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । सार्वजनिक हितको प्रयोजनाका लागि सञ्चारमाध्यमले सार्वजनिक पदधारण गरेका व्यक्तिका त्यस्ता तथ्याङ्क सार्वजनिक गर्न मिल्ने व्यवस्था थप गर्दै विधेयक समितिबाट पारित भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद् कृष्णभक्त पोखरेलसहितका सदस्यले दर्ता गर्नुभएको संशोधनलाई समितिले स्वीकार गर्दै त्यस्ता सूचना प्रकाशन तथा प्रसारणका लागि बाधा नपर्ने व्यवस्था थप गरेको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू